बैतडी। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सिगास गाउँपालिका ८ का धनबहादुर बोहरा र दानबहादुर बोहोरालाई बुधाबार पक्राउ गरेको हो।
प्रहरीले यसअघि मंगलबार शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेको थियो।
प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार पक्राउ परेकाहरुसित सोधपुछ भइरहेको छ। प्रहरीले किशोरी र उनका श्रीमानको उद्धार गरी सदरमुकाम ल्याएको छ।