कुलमान थप दुई वर्ष विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुने

काठमाडौँ। कुलमान घिसिङलाई थप दुई वर्ष नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनाइने भएको छ।

वर्तमान कार्यकारी प्रमुख रहेका कुलमानको पदावधि दुई वर्ष थप गर्ने प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा पेश गरिने भएको छ।

ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थपसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन्। मन्त्री पुनका उक्त प्रस्तावबारे आजको मन्त्रिपरिषद्बाट निर्णय हुनेछ।

यसअघि खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ।

कुलमानको म्याद थप गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच छलफल भएको छ।

सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन गरेको छैन। यस्तोमा कुलमानको म्याद थप हुने लगभग निश्चित छ।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे