किशोरीलाई भारत लैजाने ६ युवक पक्राउ

रौतहट। रौतहटमा नेपाली किशोरीलाई ललाइफकाई भारत लैजाने ६ युवक पक्राउ परेका छन्।

बिहीबार मध्यराति किशोरीलाई लैजाँदै गरेका उनीहरुलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वको टोलीले ती युवकहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट पक्राउ गरेको हो। उनीहरु बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नं को मोटरसाइकलमा भारततर्फ जाँदै थिए।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

उनीहरुसित प्रहरीले बयान लिइरहेको छ।