भारतमा एकै दिन ९७ हजार कोरोना संक्रमित थपिए

भारत

एजेन्सी। छिमेकी देश भारतमा बुधबार ९७ हजार ३९९ कोरोना संक्रमित थपिएका छन्।

भारतमा एकैदिन यतिधेरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो। भारत कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो।

बुधबार मात्र भारतमा कोरोनाबाट १ हजार १५२ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख नाघेको छ। अहिलेसम्म भारतमा कोरोनाबाट ७५ हजार ६२ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा भारत विश्वमा तेश्रो स्थानमा छ। अमेरिका पहिलो र ब्राजिल दोश्रो स्थानमा छन्।

हालसम्म विश्वभर कोरोना संक्रमणबाट ९ लाख २०३ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोनबाट २ करोड ७६ लाख ९९ हजार ११२ जना संक्रमित भइसकेका छन् भने यिमध्ये १ करोड ८६ लाख ३६ हजार ४१० जना निको भइ घर फर्किएका छन्।

अन्य सम्बन्धित समाचार:  एक वर्षपछि खुले विद्यालय