डडेल्धुरा अस्पतालमा २ हजार ५ सयमै कोरोना परीक्षण

भावना पाैडेल, डडेल्धुरा। डडेल्धुरा अस्पतालमा २ हजार ५ सय रुपैयाँमा स्वेच्छाले कोरोना परीक्षण गराउन पाइने भएको छ। डडेल्धुरा अस्पतालले आज एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य सञ्चालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले जानकारी दिए। यसअघि सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम