अनलाइन विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

इन्दु धामी, कञ्चनपुर। सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन) बाट लिने तयारी गरेको छ। स्नातक तथा स्नातकोत्तर तहको नियमित परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी विश्वविद्यालयले अघि सारेको हो। विश्वविद्यालयका अनुसार लकडाउन अघि स्थगित गरिएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने भएका छन्।

असोजदेखि सञ्चालन गर्ने परीक्षाका लागि विभिन्न कार्यविधि समेत विश्वविद्यालयले पास गराइसकेको छ। विश्वविद्यालय अन्तर्गतका १४ ओटै आङ्गिक क्याम्पससित परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित रुपमा पनि पत्राचार भइसकेको छ। परीक्षामा सहभागी हुने विद्यार्थीलाई पनि पत्राचार भैसकेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति  प्रा. डा. अम्मराज जोशीले बताए। उनले भने,”विश्वविद्यालयले वैकल्पिक विधि (अनलाइन) परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि इन्टरनेटको पहुँच बढाउन नेपाल टेलिकमसँग छलफल समेत गरिरहेकाे छ।”

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयर समेत निर्माण गरिएको जनाएको छ। उक्त सफ्टवेयर मार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ। परीक्षार्थीले तोकिएको समयअवधिभित्र उत्तरपुस्तिका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्ने नियम पनि विश्व विद्यालयले लागू गरेको छ।

यता सुदूरपश्चिम  विश्व विद्यालयमा अध्ययनरत विद्यार्थी चन्द्रा ठगुन्नाले पनि विश्वविद्यालयको परिक्षा सञ्चालन गर्ने निर्णय सकारात्मक भएको बताइन्। यस्तै दुर्गम तथा सुगम जिल्लामा बसोबास गर्ने जुनसुकै विद्यार्थीलाई अहिलेको कोरोना भाइरसले प्रभाव पारेको भन्दै विश्व विद्यालयले सञ्चालन गर्न लागेको वैकल्पिक विधि (अनलाइन)अहिलेको लागि उपयुक्त तथा आवश्यक भएको विश्व विद्यालयकै अर्का विद्यार्थी सुरज क्षेत्रीले बताए।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकको मृत्यु

विश्व विद्यालयलले आगामी वर्षको लागि एमफिल र पीएचडीको अध्यापनसमेत सुरु गर्ने गृहकार्य गरिरहेको छ।