काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिएका १ हजार २ सय ४६ मध्ये काठमाडौंका ४९५, ललितपुरका ४३ र भक्तपुरका ३४ गरी काठमाडौं उपत्यकाका ५ सय ७२ संक्रमित रहेका छन्।
मन्त्रतलयका अनुसार १ हजार ८ सय १८ जना काेराेनाबाट निकाे भएर फर्किएसँगै नेपालमा हालसम्म काेराेनामुक्त हुनेकाे संख्या ३५ हजार ७०० पुगेकाे छ। अब नेालमा सक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाेमा ती सबै आइसाेलेसनमा रहेका र तीमध्ये ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा बसेका छन्। पछिल्ले २४ घण्टामा ५ संक्रमितकाे मृत्यु भएसँगै हालसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ३ सय १७ पुगेकाे छ।