उपत्यकामा एकैदिन ५७२ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं। काठमाडौं उपत्यकाका बिहीबार ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। काठमाडौंका ४९५ जना, ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण देखिएकाे हाे।

पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि