वि.सं. २०७७ भाद्र २६ गते शुक्रवारको राशिफल

  • ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आजः  शुद्धआश्विन कृष्ण नवमी तिथि २३ः२२ बजेसम्म उपरान्त दशमी। मातृनवमी। नवमी श्राद्ध। मृर्गशिरा नक्षत्र १२ः०५ बजेसम्म उपरान्त आर्द्रा। मिथुन राशिमा चन्द्रमा।

आज जन्मदिन पर्ने सबै पाठक महानुभावहरुलाई नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः  शारीरिक जोशजाँगर बढेर आउने छ। अड्केर रहेका कामलाई केहीहद्सम्म अघि बढाउन सकिने छ। बढी ईच्छाएको काममा भने अड्चन आउने सम्भावना छ। कर्मक्षेत्रबाट अर्थलाभ हुनेछ।

वृषः  दिन अप्रत्यासित उपलब्धि दिने खालको छ। सञ्चित धनको खर्च भए पनि अर्कोतर्फबाट आर्थिक लाभ हुनेछ। समाजसेवा, सांगठानिक कार्य आदिमा समय दिनुपर्ला। परोपकार गर्न पाइने छ।

मिथुनः  स्थितिमा सुधार आउने छ। काम कार्यमा सफलता एवं पेशागत उन्नति र लाभ हुनेछ। स्वागतसत्कार तथा मेजमानी एवं उपहार मिल्नसक्ने छ। मनमस्तिष्कमा शान्ति एवं सुखानुभूति हुनेछ।

कर्कटः  आक्रोश तथा अहं विचार बढ्नसक्ने र आफ्नै कारणले बनिसकेको काम बिग्रने र अन्तिममा पछुतो हुनसक्ने छ। हतार गर्नुभन्दा धैर्य गर्नु बुद्धिमानी हुनेछ। संघर्ष र खर्च बढ्ने छ।

सिंहः  जमर्को ठूलै हुने तर गरिपुर्याउन नसकिने हुनेछ। पाउनपर्ने धन उठती हुन अवरोध हुनेछ। विशेष महत्त्वपूर्ण काममा अदृष्य रोकावट आउने छ। उपाय गर्नाले आंशिक लाभ हुनेछ।

कन्याः  कर्मक्षेत्र एवं उद्यम तथा जागिर आदिमा सहजता सृजना भई आर्थिक उपलब्धि बढ्ने छ। ठूलाबडाको आडभरोसा पनि पाइने छ। मानप्रतिष्ठामा वृद्धि हुनेछ। विेशष काममा भने रोकावट आउने छ।

तुलाः  दिन तसै सुधारोन्मू छ। स्वास्थ्यमा सुधार आएपनि कान्तिमा मलिनता छाउने छ। आस्तिक आचरण एवं भावनाको वृद्धि हुनेछ। कर्मक्षेत्रबाट थोरधेर लाभ मिल्ने छ। आफन्तिजनसँग संपर्क बढ्ने छ।

वृश्चिकः समय क्रमशः अल्लि विपरित देखिएको छ। स्वास्थ्यमा समस्या आउनसक्ने छ भने कामकार्यमा पनि अल्लि बाधाव्याबधान आउने संभावना छ। आफन्तिजन टाढिने छन्। विश्वासघात हुनसक्ने छ।

धनुः  दिन मनोरञ्जनपूर्ण रहने छ। चारित्रिक दोषबाट बच्नुहोला। यात्राको सम्भावना छ। चोट्पटकको पनि भय छ ख्याल गर्नुहोला। व्यापार बढ्ने छ। प्रेम सफल हुनेछ। मित्रता तथा जनसंपर्क स्थापित हुनेछ।

मकरः  पेशा तथा कर्मक्षेत्रमा प्रगति हुने, व्यवसायिक लाभ मिल्ने र खेलकुद् आदि प्रतिस्पर्धामा विजयी भइने छ। आवधिक भएपनि शत्रुपक्षलाई घुँडा टेकाउन सकिने छ। बुद्धिले काम लिनुहोला।

कुम्भः दिन अनुकूलता बढ्ने खालको छ। समयको सदुपयोग गर्नाले बौद्धिक कार्यमा सफलता मिल्ने छ। शुभसमाचार सुन्न पाइने छ। सन्तानको पक्षबाट सन्तुष्टि मिल्नेछ। कुट्नीतिक बुद्धि विकास हुनेछ।

मीनः  यद्यपि केही वादविवाद एवं असमझदारीपूर्ण गोचर ग्रहको स्थिति देखिएको छ। रपनि अप्रत्यासित रुपमा लाभ एवं उपलब्धि मिल्नेछ। तथापि तर्क र द्वन्दमा उद्दत नभएको राम्रो हुनेछ, संयम गर्नुहोला।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।