देशभर शुक्रबारको मौसम

काठमाडौँ। देशका केही ठाउाँमा शुक्रबार मौसममा सामान्यतया तथा केही ठाउँमा पूर्ण बदली रहने छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा मेघ गर्जनसहित पानी पर्नेछ। केही ठाउँमा चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक पानी पर्ने सम्भावना छ। प्रदेश ५ मा समेत केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अन्य प्रदेशमा भने सामान्यतया बदली रहनेछ। मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।

पश्चिम बंगालमा न्यून चापीय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ओलीले डाकेको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार