रथ तान्ने क्रममा पक्राउ परेका सबै रिहा

ललितपुर। ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका सबै जना रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार सबै जनालाई धरौटीमा रिहा गरेको हो। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार उनीहरु जनही पाँच हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्।

प्रहरीले पुल्चोकमा भएको झडपका क्रममा १७ जनालाई पक्राउ गरेको थियो। उनीहरूमध्ये ७ जनालाई सोमबार हाजिरी जमानीमा छाडेको थियो।

रिहा भएकामध्ये ६ जना कोरोना संक्रमित थिए।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनलाई धम्की दिने सञ्जय शाक्यलाई पनि प्रहरीले रिहा गरेको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता