नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ जलबिरेमा शुक्रबार बिहान पहिरोले सडक अवरुद्ध गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सडक दुईतर्फी अवरुद्ध बनेको छ।

अहिले सडक खुलाउन प्रयास भइरहेको छ।

सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै थन्किएका छन्।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो