बैतडी। ससुराली जान घरबाट हिँडेका दार्चुलाको मार्मा गाउँपालिका ३ का रमेश विष्ट चौलानी नदी किनारमा मृत भेटिएका छन्।
ससुराली निस्केका उनी केही दिनदेखि बेपत्ता थिए। विष्टको शव बिहीबार बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित चौलानी नदी किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
विष्ट ससुराली गएदेखि बेपत्ता भएकाले घटना संकास्पद भएको भन्दै उनको परिवारले शव बुझन मानेको छैन।