विराटनगरमा कोरोनाबाट महिलाको मृत्यु

विराटनगर। विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १९ की ४४ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

अस्पतालका प्रमुख डा दिपक सिग्देलका अनुसार ती महिलामा ज्वरो र श्वासप्रश्वासको समस्या थियो। उनलाई बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

बिहीबार नै पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित