झापा। पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्प गएको छ।
पूर्वी नेपालका इलाम, झापा, पाँचथरलगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्रका अनुसार नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो।
बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।