केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना पुष्टि

काठमाडौं। काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। गएकाे भदौ १६ गते ४ जना र भदौ १९ गते १ जनाको मृत्यु भएकामा १६ गतेका एक जना पहिले नै संक्रमित रहेकाे र बाँकी ३ सहित ४ जनामा कोरोना पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए।

कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकामा सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत रहेका थिए।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु