एजेन्सी। अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ। प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ।
निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विषेशगरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ। त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन्। आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बाइडन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ।
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ। यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमणहरु र गलत प्रयासहरु भएको आरोप लागेको थियो। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फकी उम्मेदवार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्बन्धी विवरणहरु अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो।
अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरु संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ। रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्बन्धित दुई सयभन्दा बढी संगठनहरुलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।