नेकपा स्थायी कमिटी बैठक सम्पन्न: अध्यक्षद्वयद्वारा पेश प्रस्ताव पारित

काठमाडौं। नेकपाको असार १० देखि जारी स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबारको बैठकपछि बालुवाटारमा उपस्थित पत्रकारहरुलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक अन्त्य भएको जानकारी दिएका हुन्।

बैठकले आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेश गरिएको प्रस्ताव पारित गरेको छ। प्रस्तावमाथि माधव नेपाल, झलनाथ खनाल, रघु पन्त, लिलामणि पोखरेल, भीम रावल लगायतका १३ जनाले धारणा राखेका थिए।

सदस्यहरुले उठाएका सुझावलाई पनि समेट्ने गरी प्रस्तुत प्रस्तावहरुलाई पारित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै