घरबेटीकाे कुटाइबाट डेरावालकाे मृत्यु

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक डेरावालकाेको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत