गजल: नसिकाउनू !

  • सोम्नु राई

हुरीसंगै जल्ने दीपलाई बाल्न नसिकाउनू
कालीगढलाई सुनचाँदी गाल्न नसिकाउनू

हन्डर अनि ठक्करले के गर्छ हिमाललाई?
मनोमानी आफ्नै रूपमा ढाल्न नसिकाउनू

बेच्न पाए बेचिदिन्छ के राख्छ र ब्यापारीले?
जंगे पिलर उखेलेर फाल्न नसिकाउनू

नेता बने तर राष्ट्र अझै बन्न बाँकी नै छ
भ्रष्टाचारी,बलात्कारी पाल्न नसिकाउनू

भोकभोकै छन् पेट कँस्दै यहाँ रामहरु
सकुनीझैँ छल गरेर चाल्न नसिकाउनू!

#सामाखुशी, काठमाडाैँ