रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

बुटवल। रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो।

उनको भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको भदौ १६ गते कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार गरिँदै आएको थियो। उनी मधुमेहबाट पीडित थिए।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या १७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण