२० वर्षपछि जोडियो बाजुरा–धनगढी हवाई सेवा

भावना पाैडेल,डडेलधुरा। करिब २० वर्षपछि बाजुराको प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ। शुक्रबारदेखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले धनगढीबाट उडान भर्न सुुरु गरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए। उक्त जहाजमा कार्गो समान ल्याइएको उनले बताए।

उनका अनुसार समिट एयरले शुक्रबार बाजुराको कोल्टीदेखि धनगढी र धनगढीदेखि कोल्टीका लागि उडान भरेको हो।

२० वर्षअघि बाजुराको कोल्टीदेखि धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वकालको समयमा विमानस्थलमा आक्रमण भएपछि हवाई सम्पर्क अवरुद्ध भएको थियो। बाजुरा नेपालगञ्जसँग हवाई सेवामा जोडिएपनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन।

धनगढीसँग हवाई सेवामा जोडिएपछि यहाँका नागरिकलाई प्रदेश राजधानी आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित