बागलुङमा पहिरोमा पुरिँदा एकको मृत्यु

बागलुङ। बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।

पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो।

पहिरोमा परी पौडेलका ७० वर्षीय श्रीमान् मणिभद्र गम्भीर घाइते भएका छन्। उनको स्थानीयवासीले उद्धार गरेका थिए।

ती वृद्धको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली