सिन्धुपाल्चोक पहिरो अपडेट : ७ शव फेला, २४ अझै बेपत्ता

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरोमा परी ७ जनाको ज्यान गएको छ। पहिरोमा अझै २४ जना बेपत्ता छन्।

बाह्रबिसे नगरपािलकाका नगरप्रमुख निमफुन्जे शेर्पाका अनुसार मृत फेला परेका ७ मध्ये ४ शवको सनाखत हुन सकेको छैन।

नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्ककी २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको मात्र सनाखत भएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

भीरखर्कदेखि नागपुजेसम्म पहिरो गएको छ। २४ घर पुरिएको विवरण प्राप्त भएको शेर्पाले बताए। घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ।

अन्य सम्बन्धित समाचार:  बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ