टिचिङ अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं। काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय तथा सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष छन्। काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृत्यु भएको हो।

काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। किड्नी फेल भएका उनी केही समययता डायलसिस गराउँदै आएका थिए। काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको र उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाकाे भनाइ छ। मृतक चार जनाकै अस्पतालमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो।

अन्य सम्बन्धित समाचार:  वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय