सिन्धुपाल्चोक पहिरो: मृतकमध्ये ११ जनाकै सनाखत

 

देवराज सुवेदी, सिन्धुपाल्चोक। बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ११ जनाको शव भेटिएकामा सबैकाे सनाखत भएकाे छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिएका हुन्।

नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा , २३ वर्षकी जुनु विक ,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक रहेका छन्।

त्यसैगरी अन्य मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक रहेका छन्। पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जनाको उद्धारकार्य जारी रहेको तथा क्षतिको विवरण संकलन भइरहेको पनि प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए।

सिन्धुपाल्चोकमा पहिरो : १८ घर पुरिए, १२ बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ शव फेला, २४ अझै बेपत्ता

अन्य सम्बन्धित समाचार:  कारागारमा कैदी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या