डोमिनिक थिएम नयाँ युएस ओपन च्याम्पियन

एजेन्सी। अस्ट्रियाका डोमिनिक थिएम युएस ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन्।

२७ वर्षीय थिएमले जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर खेल जीवनमा पहिलो ग्राण्ड सलाम उपाधि जितेका हुन्।

सोमबार बिहान भएको खेलमा सुरुका दुई सेटमा थिएम पराजित भए। त्यसपछिका सेटमा भने उनी विजयी भए। थिएमले २३ वर्षीय स्वेरेभलाई २–६, ४–६, ६–४, ६–३, ७–६ र ८–६ अंकले हराएका हुन्।

ग्राण्ड सलाम उपाधि जित्ने थिएम सन् २००४ यता पहिलो खेलाडी हुन्। त्यो बेला अर्जेन्टिनाका गास्तोन गाउडिओले सुरुका दुई सेटमा पछि परेर पनि अन्ततः फ्रेन्च ओपनको उपाधि जितेका थिए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता