चितवनमा कोरोनाबाट वृद्धाको मृत्यु

चितवन। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गैँडाकोट नगरपालिका–९ की ६२ वर्षीया वृद्धाको आइतबार राति ज्यान गएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौ १५ गते अस्पतालमा भर्ना गरिएको थियो। पीसीआर परीक्षण गर्दा भदौ १७ गते रिपोर्ट पोजेटिभ आएको थियो।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ।

मृत्यु हुनेमा चितवनका १७, मकवानपुरका ५, नवलपरासीका ४ तथा बारा, गोरखा र कैलालीका एक एक जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना कहरः सबै शैक्षिक संस्था एक साता बन्द