कपिलवस्तुमा एउटै गाउँका दुई संक्रमितको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाको एउटै गाउँका दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला तथा ५८ वर्षीय पुरुष रहेका छन्।

महिलाको सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल मृत्यु भएको हो भने पुरुषको भीम अस्पताल भैरहवामा ज्यान गएको हो।

भीम अस्पतालमा उपचार गराइरहेका पुरुष भदौ २३ गते अस्पताल भर्ना भएका थिए। कोरोना पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।

उनको आइतबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु