रातो मछिन्द्रनाथलाई बुंगमति लगिँदै

ललितपुर। रातो मछिन्द्रनाथलाई सोमबार बुंगमति लगिने भएको छ।

ज्यापु समाजको समन्वयमा बुंगमतिबाट आएका पूजारीहरुको साथमा मछिन्द्रनाथलाई बुंगमति लैजान लागिएको हो।

ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनका अनुसार रातो मछिन्द्रनाथलाई लैजानको लागि २०० स्वंमसेवक सहभागी हुने छन्।

जिल्ला प्रशासन कार्यलयसँग अनुमति लिने प्रक्रिया थालेको उनले बताए। ललितपुर महानगरपालिका २ ले १५० स्वयंमसेवकलाई परिचालन गरेको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह