राष्ट्रियसभामा वामदेवलाई मनोनित गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सीटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।

विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए।

पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्।

सरकारले राष्ट्रियसभामा मनोनित गर्न बाँकी दुई सिटमा रामनारायण बिडारी र विमला पौडेललाई मनोनित गरिएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग