पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा सोमबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग