भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

एजेन्सी। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा रोक लगाएको हो।

आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन प्याज निर्यातमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा पनि प्याजको मूल्य बढ्ने देखिएको छ।

नेपालमा बर्सेनी अत्यधिक मात्रामा भारतबाट प्याज आयात गरिँदै आएको छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेश— नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ