कोरोना संक्रमणबाट छाउनी अस्पतालमा एकजनाको मृत्यु

काठमाडौँ। काठमाडौँको छाउनी अस्पतालमा उपचाररत गोरखाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा बारपाककी ६३ वर्षीया महिलाको भदौ २९ गते निधन भएको हो।

उनी क्यान्सरको बिरामी रहेको र भदौ २५ मा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु