डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि

डडेल्धुरा। सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो।

६८ जनाको कोरोना परिक्षण गर्दा १२ जनामा कारोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषाले जानकारी दिए। उनले बैतडीका ८, बझाङका १ र दार्चुलाका ३ जनामा कोरोना पुष्टि भएको बताए।

भूषालका अनुसार बैतडीको दशरथचन्द्र नगरपालिकाका–७ का ६ जना र डिलाशैनी गाउँपालिकाका–७ का २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै बझाङको दुर्गाथली गाउँपालिका–२ का १ जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना र महाकाली नगरपालिका–४ का १ जनामा कोरोना पुष्टि भएको हो।

बैतडी सोमबार मात्रै सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको थियो। जिल्लामा रहेका ३ सय ७५ जना संक्रमित सबै डिस्चार्ज भएकोमा मंगलबार पुनः कोरोना संक्रमित फेला परेका हुन।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण