काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५ , भक्तपुरमा ८६ तथा ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका हुन्।
अब योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९२४ पुगेको छ।
हालसम्म कारोना संक्रमितको संख्या काठमाडौंमा १० हजार ५८३, ललितपुरमा १ हजार २२६ तथा भक्तपुरमा १ हजार ११५ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। १ हजार ६२ जना निको भएर घर फर्किएका छन्।
देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३० जना पुगेको प्रवक्ता गौतमले बताए।