काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन्।
कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएकै दिन कोइरालालाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो।
कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
उनी यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक थिए।