कैलालीमा एकै टोलका १६ जना बिरामी, एक जनाको ज्यान गयो

डडेल्धुरा।  कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा –१० खमौराका १६ जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनीहरुमध्ये १ जनाको मंगलवार साँझ मृत्यु भएको उनले बताए। उनका अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका –१० का सुरेश बोहराको मृत्यु भएको हो।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।

गोदावरी नगरपालिका –१० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये १ जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिए।

३ जनाको नवजिवन अस्पताल र २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  बैतडीमा घनले हिर्काएर मामाले गरे भाञ्जाको हत्या

अध्यक्ष शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्।