सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

शुभ नारायण यादव, सप्तरी। सप्तरीका एक जना कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। भदौ ३० मा त्यहाँ भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। मृतक युवकमा मिर्गौलाको समस्या समेत रहेको र उनी हप्तामा २ पटक डायलसिस गराउँदै आएका बताइएको छ। त्यस बाहेक उनमा उच्च रक्तचापको समस्या समेत रहेको परिवारजनले बताएका छन्।

योसँगै सप्तरीमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि