जबरजस्ती करणीको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

करणी पक्राउ

भावना पाैडेल, डडेलधुरा। किशोरीमाथि जबरजस्ती करणीको आरोपमा धनगढीमा एउटा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका बझाङको बित्थडचिर गाउँपालिका–२ घर भएका कलक बहादुर बोहरालाई प्रहरीले जबरजस्ती करणीको आरोपमा नियन्त्रणमा लिएको हो। बोहराले बझाङ देउलिकोट घर भई धनगढीमा डेरामा बस्ने किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेकाै छ।

भदौ २६ गते किशोरीले दिएको जबरजस्ती करणीकाे किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान थालेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण