बलिउड अभिनेतृ कंगना रनाउतद्वारा २ कराेड क्षतिपूर्ति माग

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनाउतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्धा दायर गरेकी छिन्। सेप्टेम्बर ९ मा कंगनाकाे बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरीत बनेको भनेर भत्काइएको थियो।

उनको भवनको ४० प्रतिशत भागमा महानगरपालिकाको २४ घण्टे सूचना प्रसारणपछि डोजर चलाइएको थियो। भवन भत्काइँदै गर्दा कंगनाले मुम्बईको उच्च अदालतमा महानगरपालिकाको क्रियाकलाप रोक्नको लागि निवेदन दिएकी थिइन्।

मंगलबार उनले १५ पृष्ठकाे निवेदन बुझाउँदै अदालतमार्फत् २ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  भारतमा कोभिड–१९ सङक्रमितको संख्या १ करोड ४० लाख नाघ्यो