काेराेना अपडेट: थप १ हजार ५ सय ३९ जनामा काेराेना, ८ जनाकाे मृत्यु

संक्रमित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १ हजार ६८ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा बसेका छन्। पछिल्लो २४ घण्टामा ८संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो संक्रमितहरुको निको हुने दर ७१.५ रहेको बताउँदै नेपालमा हालसम्म जम्मा ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।
अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु