कैलाली: यो वर्ष पनि ठगिए किसान, बहुगुणी धानमा बाला लागेन

वीरेन्द्र शाह, कैलाली। कैलालीका अधिकांश किसानका खेतबारीमा धानका बाला नलागेको पाइएको छ। धान काट्ने बेला भइसक्दा समेत बहुगुणी जातको धानमा बाला नलागेपछि किसान मर्कामा परेका हुन्। गत वर्ष गरिमा जातको धान लगाएर ठगिएका किसान यस पटक फेरि ठगिएका छन्।

घोडाघोडी नगरपालिकाबाट अनुदानमा पाएको बहुगुणी जातको धानमा बाला नलागेको घोडाघोडी नगरपालिका १ की किसान ईश्वरी ढकालले बताइन्। उब्जनी राम्रो हुन्छ भनेर १५ कट्ठामा लगाएको धानमा बाला नलागेकोपछि ठगिएकाे उनकाे भनाइ छ। यस्तै अरुको खेतबारी काट्ने बेला हुना लाग्दा समेत आफ्नो खेतमा धानको बाला नलागेको सुखडकै दीपक ढकालले बताए।

कैलालीका पालिकाका कृषि शाखाले वितरण गरेको बहुगुणी जातको धानमा कुनै पनि किसानको बारीमा बाला फलेको छैन तर नगरपालिकाले नै अनुदानमा दिएको अन्य जातको धान भने पसाउन थालेको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चपुर—शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

यस्ताे समस्या आउँदासमेत अनुगमनका लागि पनि कृषि प्राविधिक खेतबारीमा नपुगेको किसानहरूको गुनासो छ। तर अरुकाे तुलनामा बहुगुणी जातको धान पसाउन केही समय लाग्ने नगरपालिकाको कृषि शाखाको तर्क छ।