नेइमारमाथि दुई खेलको प्रतिबन्ध

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।

मार्सेइलीसितको खेलमा विवादपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो।

आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेइलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए।मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण मेस्सीले रातो कार्ड पाएका थिए।

नेइमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका थिए। उनले सामाजिक सञ्जाल मार्फत सो आरोप लगाउँदै छानबिनको माग गरेका छन्।

अल्भारोले भने नेइमारले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्।

नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ।

पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेल, पिएसजीकै लियान्ड्रो पारेडेसलाई दुई खेल, मार्सेइलीका जोर्डन एमावीलाई तीन खेल तथा डारिओ बेनेडिट्टोलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो