एक दिवसीय सिरिज अस्ट्रेलियाको कब्जामा

एजेन्सी। इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमाथि अस्ट्रेलियाले कब्जा जमाएको छ।

बुधबार राति भएको अन्तिम एक दिवसीय खेलमा इंग्ल्याण्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज २–१ ले जितेको हो।

यसअघि अस्ट्रेलियाले टी २० सिरिज भने गुमाएको थियो। इंग्ल्याण्डले दिएको ३०३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो।

अस्ट्रेलियाका लागि एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय पारी खेले। केरीले १०६ तथा म्याक्सवेलले १०८ रन बनाए। केरीको यो पहिलो एक दिवसीय शतक हो।

इंग्ल्याण्डका लागि जोय रुट र क्रिस वार्कसले दुई दुई विकेट लिए। पहिला टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०२ रन बनाएको थियो।

अन्य सम्बन्धित समाचार:  भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

इंग्ल्यान्डका प्रारम्भिक ब्याटस्म्यान जोनी बेयरस्टोले शतकीय पारी खेले। उनले ११२ रन बनाए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्स र एडम जाम्पाले तीन तीन विकेट लिए।