नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहीबार बिहान पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।

उक्त ठाउँमा दैनिक जसो पहिरो खस्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बुधवार पनि सोही ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

लामो दूरीको यातायात खुलेकै दिन सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु अलपत्र परेका छन्।

अन्य सम्बन्धित समाचार:  बादलले आजै गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै