डा गोविन्द केसीले अब काठमाडाैं आएर सत्याग्रलाई निरन्तरता दिने

Prabhu Bank

 

Saftey Pads

जुम्ला। स्वास्थ्य र मेडिकल शिक्षामा सुधारक तथा सुशासनका लागि जुम्लमा १९ औं सत्याग्रह गरिरहेका डा गोविन्द केसीले काठमाडाैं आएर यहीँबाट सत्याग्रहलाई निरन्तरता दिने बताएका छन्। साेमबार एक विज्ञप्ति जारी गर्दै डा केसीले रातारात सरकारले आफूलाई अपहरण शैलीमा सत्याग्रहस्थलबाट जबर्जस्ती अस्पतालमा सारेको आरोप लगाएका छन्।

‘दुई वर्षअघि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि सरकारसम्म उनै पात्रहरु छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडोैंसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छाैँ’, विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा दसैंलगत्तै मन्त्रिपरिषद पुनर्गठन हुने

सत्याग्रह गरेको ८ दिन हुँदासम्म पनि आफ्ना मागहरु पूरा गराउन सकरकारले कुनै पहल नगरेको भन्दै राखिएका सबै माग पूरा गराएर मात्रै सत्याग्रह टुङ्ग्याउने उल्लेख गरिएको छ।

 

Maruti Cement