वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

Prabhu Bank

काठमाडाैं। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश दिएको हो।

Saftey Pads

‘संवैधानिक नैतिकताको सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गरिनु पर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘तसर्थ विषयवस्तुको गाम्भीर्यता एवै संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिँदा वामदेव गौतमलाई संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्नू/ नगराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ।’

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका थिए। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ। त्रिपाठीले दायर गरेको रिटमा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस र नियुक्ति बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र  राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका हुन्।

Maruti Cement