बुटवलमा दुई संक्रमितको मृत्यु

Prabhu Bank

बुटवल। कोरोना भाइरसको संक्रमणबाट बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ।

Saftey Pads

असोज १ गतेदेखि उपचाररत कपिलवस्तुको बुद्धभूमि ६ का ५० वर्षीय पुरुष तथा गत भदौ २७ गतेदेखि उपचाररत नवलपरासीको रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुवै जनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। कपिलवस्तुका पुरुषको बिहीबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनी मधुमेह र मिर्गौलाबाट पीडित थिए।

यस्तै नवलपरासीका पुरुषमा कलेजोको समस्या थियो। उनको पनि बिहीबार बिहान मृत्यु भएको गौतमले बताए।

अन्य सम्बन्धित समाचार:  दाङमा थप एक संक्रमितको मृत्यु
Maruti Cement