डोनाल्ड ट्रम्पले भने, चुनावमा हारे पनि चुपचाप हट्दिँन

Prabhu Bank

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावमा यदी आफू पराजित भएको खण्डमा चुपचाप शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण नगर्ने बताएका छन्।

Saftey Pads

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘के हुन्छ हामीले हेर्नुपर्छ । त्यो तपाईँहरुलाई थाहा छ ।’

ट्रम्पले चुनावको नतिजाको निर्णय सर्वोच्च अदालतमा पुग्न सक्ने बताए। हुलाक मार्फत हुने मतदानमा उनले शंका व्यक्त गर्दै आएका छन्। ट्रम्पले पराजित भएमा सत्ता सहजरुपमा हस्तान्तरण गर्ने सम्भावना नरहेको स्पष्ट पारेका हुन्।

कोरोना भाइरसको महामारीका कारण यो पटक अधिकांश राज्यले हुलाक मार्फत हुने मतदानमा प्रोत्साहन गरेको छ।

पत्रकार सम्मेलनमा एक पत्रकारले जो बाइडेनसँग यदी पराजित वा बराबरी भएमा सत्ता शान्तिपूर्ण रुपमा हस्तान्तरण गर्ने वा नगर्नेबारे ट्रम्पलाई प्रश्न सोधेका थिए।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा टिकटकमाथिको प्रतिबन्धात्मक व्यवस्था केही खुकुलो

जवाफमा ट्रम्पले भने, ‘मैले मतपत्रका सम्बन्धमा गम्भीर रुपमा आपत्ति जनाउँदै आएको छु। हुलाकमार्फत हुने मतदान विपद हो। हुलाकमार्फत मतदान बन्द गरिएमा सत्ता हस्तान्तरणको आवश्यकता नै पर्दैन, अति शान्त हुनेछ।’

यसअघि सन् २०१६ को चुनावमा पनि ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनसँग पराजित भएमा चुनावको नतिजा स्वीकार नगर्ने बताएका थिए।

त्यो बेला हिलारीले ट्रम्पको अभिव्यक्तिलाई अमेरिकी प्रजातन्त्रमाथिको आक्रमणका रुपमा व्याख्या गरेकी थिइन्।

चार वर्ष अघि ट्रम्प इलेक्ट्रोल कलेजमा विजयी भए। तर उनी पपुलर मतका हिसाबले भने हिलारीभन्दा ३० लाख मतले पछि परेका थिए।

Maruti Cement